काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेकाले पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले तत्काल बजेट कार्यान्वयन प्रक्रिया सुरु गर्ने समेत बताए । बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको उनले जनाए ।


ADVERTISEMENT

# # #


उनले बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरिएको, पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको जानकारी दिए ।

बजेटमार्फत बैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको र सङ्‍घीय आयोजनाका लागि रु.३ करोडको मापदण्ड कार्यान्वयन गरिएको उनले बताए । पौडेलले प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको,वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको, सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको उल्लेख गरे ।

उनले बजेट कार्यान्वयनका लागि आयोजना व्यवस्थापनको क्षमता बढाउने र शीघ्र निर्णय र अन्तरनिकाय समन्वय गर्ने जनाए । मन्त्री पौडेलले बजेट कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धिका साथै ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने धारणा राखे ।