काठमाडौँ– आइसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाललेले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ । कप्तान पारसले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा हुने उक्त खेलमा आज नेपाल स्कटल्याण्डमाथि जित हात पार्दै विजय सुरुवात गर्ने दाउमा रहेको छ । यस्तै लगातार दुई खेल जितेको स्कल्याण्ड आफ्नो जितलाई निरन्तरता दिन चाहान्छ । यदि आजको खेल  स्कल्याण्डले जितेमा प्रतियोगिताको सुपर सिक्समा जानेछ । तर अघिल्लो खेल हारिसकेको नेपालले सुपर सिक्समा जाने बाटो सहज पार्न आज जित्नैपर्ने दबाबमा छ ।


ADVERTISEMENT

# # #


खेल नेपाली समय अनुसार १:१५ बजेबाट सुरु हुने छ ।