काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने तयारी थालेका छन् ।
उनले प्रतिनिधिसभाको बैठक शुरु हुनुअघि बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका छन् । स्रोतका अनुसार प्रतिनिधि सभाको बैठक शुरू हुनु अघि सभामुख देवराज घिमिरे, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग उनले भेटेका थिए ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएको थियो । चौतर्फी दबाबपछि सम्भवतस् आज उनले सदनमार्फत् राजीनामाको घोषणा गर्न लागेको स्रोतको भनाइ छ ।



























































