काठमाडौँ – जिल्ला प्रहरी परिसर, काठमाडौँले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।


ADVERTISEMENT


काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शुन्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ । धेरै संख्यामा दर्ता भएका उजुरीहरुमा बैकिंङ कसुर पहिलो नम्वरमा रहेको छ भने त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगि, लागूऔषध, आत्महत्या, जवरजस्ती करणी, ज्यानमार्ने उद्योग लगाएत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले जानकारी दिए ।

अपराधका घटना बढ्दै गएपनि जनशक्ति भने अपुग रहेको उहाले बताए । काठमाडौंमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए । उनले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमि हुन नदिने गरि प्रहरी परिचालन गरिएको उल्लेख गरे ।

त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ । स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान रहेकोमा हाल ३८ वटा सिआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ ।