पोखरा– प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि बिहिवार एक कार्यक्रमबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


 समझदारी ज्ञापनपत्रमा  मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. का तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत –एन.बि.सि.ओ., राजु राना मगरले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । बैंक र मेडिप्लस हस्पिटल बीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभुका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास लिइएको छ ।