काभ्रे – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले गुण्डा नाइके गणेश लामाले नराम्रो गतिविधि छाडिसके पनि प्रहरीले नियोजित रुपमा हत्या प्रयास गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार नेपाली कांग्रेसले काभ्रेमा गरेको कार्यक्रममा उनले ७ वर्षदेखि लामा नराम्रा गतिविधि छाडेर सामाजिक र राजनीतिमा सक्रिय रहे पनि प्रहरीले जबर्जस्ती डन र अपराधी बनाइरहेको दावी गरे ।


ADVERTISEMENT

# # #


‘कोही सुध्रन नपाउने ? जबरजस्ती अपराधी, डन, यसो उसो बनाउने काम किन भैरहेको छ रु’ गच्छदारले प्रश्न गरे ‘ आफै गोली भिराउने अनि के के को नाटक गर्ने ?’ उनले राज्यबाट जनताको अधिकार खोस्ने काम बन्द गर्नुपर्ने माग गरे ।

गच्छदारका अनुसार लामाले ७ वर्ष अगाडि गुण्डागर्दी छाडेर फोरम लोकतान्त्रिकबाट राजनीति र सामाजिक काम गर्न थालेको पनि बताए ।

गुण्डानाइके गणेश लामा एक हप्ताअघि काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका थिए । हाल उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

नेपाली कांग्रेसले उनको रिहाइको माग गर्दै काभ्रेमा विरोध प्रदर्शनसमेत गरेको थियो ।