काठमाडौं–सन् २०१० जुनमा वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका छन् ।


ADVERTISEMENT


गौतमलाई भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले स्रोतलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो । केही समयअघि गौतमलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । ‘भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको हो,’ एसपी ज्ञवालीले स्रोतसँग भने, ‘जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यानमा फैसला भएको थियो, पुरानो मुद्दा भएकाले उनलाई कति सजाय थियो भन्ने हेर्नुपर्छ।’

गौतमसहित ४ जना ब्यक्ति मिलेर ब्यापारी दम्पत्तिको २०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिसचोकबाट गोली प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ । सो हत्यामा संलग्न २ जना जेलमा रहेको र गौतम भागेर भारत पुगेको प्रहरीले जनाएको छ ।

भारत भागेका गौतमले दिल्लीबाट भारतीय रासन कार्डदेखि निर्वाचन मतदाता कार्डसमेत बनाएको खुलेको प्रहरीले जनाएको छ । गौतम दिल्लीस्थित रेड चिल्ली रेष्टुरेन्टमा क्याप्टेनको रूपमा काम गर्ने गर्थे ।

शनिबार नेपाल ल्याइएका गौतमलाई अदालतमा बुझाइने एसपी ज्ञवालीले जानकारी दिए ।