काठमाडौं–काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले आफू मातहतका प्रहरी कार्यालयमा रहेका मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई आर्थिक लोभमा नपरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौंका सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखा तथा उजुरी छानबिन शाखामा काम गर्ने १ सय १५ जना प्रहरीलाई शनिबार आर्थिक लोभलालसबाट टाढा रहेर अपराध अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


आईतबार काठमाडौं परिसर भेला पारेर उनले कुनै पनि नागरिक आफूलाई समस्या नपरी प्रहरी कार्यालयमा नआउने भन्दै समस्यामा परेका नागरिकबाट आर्थिक लाभ लिनु अपराध भएको बताए । ‘निष्पक्ष अनुन्धान गरी जनतालाई न्याए दिनुपर्छ’, उनले भने, ‘पहिला के कसो भयो त्यो कुरा म गर्दिनँ, तर अब त्यस्तो भएको थाहा पाए राम्रो हुनेछैन।’


ADVERTISEMENT

# # #


आफ्नो कर्तव्य के हो त्यसलाई सम्झेर काम गर्न एसएसपी पोखरेलले भनेको भेलामा सहभागी एक उच्च प्रहरी अधिकृतले स्रोतलाई जानकारी दिएका छन् ।

‘प्रहरी भनेको पीडितका पक्षमा उभिने हो, पीडकले आफ्नो पक्षमा फैसला पार्न आर्थिक लोभ देखाउने गर्छन्, २–४ सयमा आफ्नो नोकरी धरापमा राख्ने काम नगर्नु,’ एसएसपी पोखरेलले भनेको कुरा सम्झदै ती अधिकृतले भने, ‘राम्रो काम गर्नेलाई सम्मान हुन्छ, पीडितको आसु खाने होइन राम्रो काम गरी पुरस्कार प्राप्त गर्नु त्यसको सुरूवात अब हुदैछ।’

काठमाडौंको सुरक्षासँग मुलुकको इज्जत गाँसिएको भन्दै पोखरेलले प्रहरीले घुस खादैन भन्ने सन्देश दिने गरी काम गर्ने आफ्नो लक्ष रहेको स्मरण गराए ।

घुस दिनेलेनै प्रहरीलाई फसाएको भन्दै उनले भने, ‘तपाईँहरू घुस खाने कल्पनै नगुहोस्, यति हुँदा हुँदै कसैले प्रहरीलाई लोभमा पार्ने कुरा मात्र गरे त्यसलाई पनि थुन्नु होला, त्यती मात्र भएमा प्रहरीको काममा कसैले औला उठाउन पाउने छैन ।’

एसएसपी पोखरेलले आफूभन्दा माथिकाले यस्तो अपराध गरेमा सोझै आफूलाई खबर गर्न आदेशसमेत दिए ।