काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले अब देशमा बुद्धतन्त्र स्थापना गरिने बताएका छन् ।


ADVERTISEMENT


बुद्ध धर्म सम्बन्धी एक कार्यक्रम बोल्दै गृहमन्त्री थापाले भने, ‘देश आज बर्वाद भएको छ । यसको कारण यहाँका ठग, अपराधी, भ्रष्टाचारी र भ्रष्ट ठेकेदारका कारण हो।हामी देशमा बुद्धले भन्नुभए जस्तै शान्ति स्थापना गर्न र सभ्य समाज स्थापना गर्न चाहन्छौँ ।यसको लागि देशका विकृति र विसंगतिलाई हटाउन कटिबद्ध छौं। अंततः बुद्धकै मार्गमा अहिलको सरकार अघि बढेको छ र बुद्धतन्त्र स्थापना गरेर नयाँ सन्देश हामी दिन चाहन्छौ।’


ADVERTISEMENT

# # #


गृहमन्त्री थापा माओवादी नेता हुन् ।

एमाले र माओवादीले बामगठबन्धन बनाउँदा देशमा समाजवाद ल्याउने घोषणा पत्र बनाएका छन् ।