काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थीरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु उचित नभएको बताएका छन् ।


ADVERTISEMENT


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले अस्थीरता निर्वाचन प्रणालीका कारण मात्रै नभइ दलहरुको कारणले पनि हुने गरेको बताएका हुन् । उनले दलहरु मिलेर काम गर्न सके जस्तो प्रणाली भएपनि स्थीरता कायम हुन सक्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


बाह्य शक्तिको हस्तक्षेपले समेत मुलुकमा अस्थीरता देखिने गरेको भन्दै उनले प्रणालीको सुधार गर्नुभन्दा पहिले दलहरुको कार्यशैलीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । गुरुङले संविधान संशोधन गर्दा पूर्ण समानुपातिक प्रणाली जानुपर्नेमा जोड दिए । पूर्ण समानुपातिक प्रणालीमा जान सके निर्वाचनमा नाममा हुने खर्च समेत नियन्त्रण हुने उनको भनाइ छ ।

त्यस्तै मन्त्री गुरुङले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बताए ।