काठमाडौं–मदन भण्डारी संग्रहालय’ को उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको उर्लाबारी जाने कायक्रम रहेको छ ।


ADVERTISEMENT


उर्लाबारी नगरपालिका ३ मंगलबारेमा निर्माण सम्पन्न भएको सो संग्रहालय उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान साढे ११ बजे त्यसतर्फ जान लागेकी हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीसंगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि उर्लाबारी जाने मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिएका छन् ।

प्रतिष्ठानले मदन भण्डारीको बायोग्राफिक संग्रहालय निर्माण गरेको छ । भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक जीवनसंग सम्बन्धित गतिविधिलाई संकलन गरेर संग्रहालय निर्माण गर्न १० बर्ष लागेको बरालले बताए ।

३ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको संग्रहालय पर्सी १८ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिनेछ ।