काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघ तथा प्रदेशका सबै सांसदले राजीनामा दिएका छन् । अनुसार सांसदहरुले राजीनामा दिएको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पुष्टि गरेका हुन् ।
देशभर जेन–जीको आन्दोलनपछि हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्माओलीले समेत राजनीतिक समाधानका लागि राजीनामा दिएका छन् ।
आन्दोलनकारीले संघीय संसद भवन, पार्टी कार्यालय तथा नेताका निवासमा आगजनी गरिरहेका छन् ।



























































