काठमाडौं–सिटिईभिटि बाट सम्बन्धन प्राप्त बनेपाको नेसनल फाउन्डेसन कलेजले सिटिईभिटिको मापदण्ड विपरित गई सिटिईभिटिको कर्मचारीहरुको मिलोमतोमा ४० विद्यार्थी कोटाको सट्टामा ८० विद्यार्थी भर्ना गरी अवैध तरिकाले सञ्चालन गरी ४० विद्यार्थीहरुको भविष्यमाथी खेलबाड गर्दै उनीहरुको भविष्य अन्योलमा परेको छ ।


ADVERTISEMENT


माफियाकरण शैक्षिक दलाल सिटिईभिटिको भष्टाचार विद्यार्थी सङ्गठन हरुलाई स्वीकार्य नभएको भन्दै सिटिईभिटिमा विद्यार्थी संगठनहरु अनेरास्ववियु ,अनेरास्ववियु क्रान्तिकारी र नेबिसंघले सयुक्तरुपमा घोर आपत्ती जनाएका छन ।


ADVERTISEMENT

# # #


४० जना पीडित विद्यार्थीहरुको रजिस्टेसन गरि परिक्षाको ब्यवस्था गर्दै नेसनल फाउन्डेसन कलेज लाई कारबाही गरी विद्यार्थीहरुबाट लिएको पैसा फिर्ता गर्नको लागि दबाब दिदै आएको र यदि बैशाख भित्र रजिस्टेसन गरि परिक्षा को व्यवस्था नगरे संसदमा उत्रने चेतवानी दिएको कुरा अनेरास्ववियु सिटिईभिटि राष्ट्रिय कमिटीका अध्यक्ष रमेश सिंह ठकुरीले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।