काठमाडौँ – काठमाडौं उपत्यकामा आंशिक रुपमा बैङ्क तथा वित्तीय संस्था खुलेका छन् ।
सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले आग्रह गरेपछि आंशिक रुपमा बैङ्क तथा वित्तीय संस्था खुलेका हुन् ।
राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको छ ।
बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । सुरक्षाका कारण अधिकांश बैङ्क तथा वित्तीयका साथै एटीएम समेत बन्द भएपनि सेवाग्राहीहरु प्रभावित भएका छन् ।



























































