काठमाडौं–संघीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैंचामा नै बनाउन पहल सुरु भएको छ ।


ADVERTISEMENT


यसअघि सेनाले पुतली बगैंचा वरिपरिका सुरक्षा निकाय व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद् भवन बनाउन नहुने अडान लिएको थियो । तर पछिल्लोपटक प्रधानमन्त्री केपी ओली र संघीय संसद्का पदाधिकारीले नै जोड गरेपछि संसद् भवनका लागि पुतली बगैंचा खाली गरिदिन सेना सकारात्मक बनेको हो ।


ADVERTISEMENT

# # #


‘दुई वर्षभित्र संघीय संसद्को आफ्नै भवन हुने गरी निर्माण प्रक्रिया अघि बढाउँदैछौं’, सभामुख कृष्णबहादुर महराले बुधबार सञ्चारकर्मीसँग भने । उनले पुतली बगैंचामा संसद् भवन बनाउने र त्यहाँस्थित सेनाका संरचना निर्माणका लागि गृह मन्त्रालय पछाडिको जमिन उपलब्ध गराइने बताए ।

पुतली बगैंचामा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, संसद् सचिवालय, संसदीय दलका कार्यालयसमेत सबै संरचना निर्माण हुने छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले संसद्को अब बन्ने भवन अत्याधुनिक हुने बताए । पुतली बगैंचामा संसद् भवन बनाउन सेना पनि सकारात्मक बनेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यकालमा संसद्को अत्याधुनिक भवन बन्छ । पहल सुरु भइसकेको छ ।’ – आजको अन्नपूर्ण पोस्टबाट