बागलुङ– नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि ७ गतेसम्म बागलुङको बुर्तिबाङ बजारमा हुने ढोरपाटन महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उघोग वाणिज्य संघ बुर्तिबाङ इकाईले आयोजना गर्न लागेको महोत्सवमा २०७५ मा ५ लाख आन्तरिक पर्यटन भित्राउने लक्ष्य रहेको अध्यक्ष चिन्तामणि शर्माले बताए ।


ADVERTISEMENT


महोत्सवमा ४ करोडको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । हालसम्म १ सय २० स्टल बुक भईसकेका छन् । स्टल बुक गर्न आयोजकले १० हजारदेखि १५ हजारसम्म शुल्क तोकेको छ । पर्यटनका माध्यमबाट ढोरपाटन क्षेत्रको विकास र प्रबद्र्धन गर्दै लगानी मैत्री वातावरण सिर्जना गर्न महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोलामा गाउँपालिकामा रहेको पर्यटन, जलविद्युत, घरेलु उघोग, कृषि, पशुपालन, वनपैदावार ,रेमिटान्स, व्यापार र पूर्वाधारमा लगानी गर्न स्थानीय तथा बाह्य लगानीकर्ताहरूलाई आकर्षित गर्ने मुख्य उद्धेश्य लिएको छ ।

महोत्सवमा ६५ लाख खर्च हुने अनुमान गरिएको छ । एकसय जना सदस्य रहेको बुर्तिबाङ इकाईले सबैको सहयोगमा सफलतापूर्वक महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जनाएको छ ।