काठमाडौं–ग्राण्डि अस्पतालमा उपचारका लागी भर्ना भएका १६ वर्षीय युवकले छैटौं तलामाथीबाट हाम्फालेर आत्महत्या गरेका छन् । स्यांङ्जा फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT


शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।


ADVERTISEMENT

# # #


चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछी ‘अब बाँच्दीन’ भन्ने लागेर उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।

कृष्णलाई कुर्न बसेकी उनको आमा शौचालय गएको बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।