काठमाडौँ – युएईमा जारी वेस्ट इण्डिजविरुद्धको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यसएईको सारजहाँस्थित सारजहाँ क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । मध्यम गतिका बलर नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलम आएका छन् । नन्दन पहिलो खेलका दौरान घाइते भएपछि आदिललाई मौका दिइएको हो । खेल नेपाली समय अनुसार ८ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपालको अन्तिम-११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, करण केसी, मोहम्मद आदिल आलम र ललित नाराण राजवंशी ।

नेपालले पहिलो खेलमा वेस्ट इण्डिजलाई २९ रनले हराउँदै ऐतिहासिक जित हात पारेको थियो । जसक्रममा नेपालले पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको थियो ।

आज जित निकाल्दै नेपालले ३ खेलको सिरिज एक खेल अगावै जित्ने अवसर रहेको छ ।