काठमाडौँ – युएईमा जारी द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज (युनिटी कप)को दोस्रो खेलमा नेपालले वेस्ट इण्डिजलाई १७४ रनको चुनौती दिएको छ । सोमबार युएईको सारजहाँस्थित सारजहाँ क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।
नेपाललाई उत्कृष्ट स्कोरतर्फ पुर्याउने क्रममा आशिफ शेख र सन्दीप जोराले शतकीय पारी खेले । उनीहरुले चौथो विकेटका लागि शतकीय साझेदारी गरे । जसक्रममा आशिफले ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रन बनाउँदा सन्दीपले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रा जोडे ।
यस्तै आदिल आलमले ११ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ वेस्ट इण्डिजका अकिल हुसेन र कायल मायर्सले समान २/२ विकेट लिए । यस्तै जेडिय ब्लेड्सका नाममा १ विकेट रह्यो । वेस्ट इण्डिजले जवाफी ब्याटिङ गर्दैछ ।
नेपालले पहिलो खेलमा वेस्ट इण्डिजलाई २९ रनले हराउँदै ऐतिहासिक जित हात पारेको थियो । जसक्रममा नेपालले पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको थियो । आज जित निकाल्दै नेपालले ३ खेलको सिरिज एक खेल अगावै जित्ने अवसर रहेको छ ।



























































