काठमाडौँ – युएईमा जारी ऐतिहासिक द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज (युनिटी कप)को उपाधि नेपालले जितेको छ । सोमबार दोस्रो खेलमा वेस्ट इण्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै सिरिज आफ्नो नाममा गरेको हो ।


ADVERTISEMENT


पहिलो पटक टेस्ट राष्ट्रसँग द्विपक्षीय सिरिज खेलिरहेको नेपालले पहिलो प्रयासमै सिरिज कब्जा गर्न सफल भएको हो । सोमबार युएईको सारजहाँस्थित सारजहाँ क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।


ADVERTISEMENT

# # #


१७४ रनको विशाल चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्ट इण्डिज १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमै समेटिएको हो । वेस्ट इण्डिजका ब्याटर नेपाली बलरसामू निरीह साबित भए । वेस्ट इण्डिजका लागि जासन होल्डरले २१, ककिम अगस्त्यले १७ तथा अमिर जांगोले १६ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपाललाई शानदार जित दिलाउने क्रममा मोहम्म आदिल आलम र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । त्यसक्रममा आदिलले ४ ओभरमा २४ रन दिएर ४ विकेट चट्काए भने कुशलले २.१ ओभरमा १६ रन खर्चिएर १ मेडेन सहित ३ विकेट हात पारे । यस्तै करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यसअघि नेपाललाई उत्कृष्ट स्कोरतर्फ पुर्याउने क्रममा आशिफ शेख र सन्दीप जोराले शतकीय पारी खेले । उनीहरुले चौथो विकेटका लागि शतकीय साझेदारी गरे । जसक्रममा आशिफले ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रन बनाउँदा सन्दीपले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रा जोडे ।

यस्तै आदिल आलमले ११ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ वेस्ट इण्डिजका अकिल हुसेन र कायल मायर्सले समान २र२ विकेट लिए । यस्तै जेडिय ब्लेड्सका नाममा १ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा वेस्ट इण्डिजलाई २९ रनले हराउँदै ऐतिहासिक जित हात पारेको थियो । जसक्रममा नेपालले पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको थियो । आजको जितसँगै नेपालले ३ खेलको सिरिजमा २–० को अग्रता कायम गरेको हो । सिरिजको अन्तिम खेल भोलि हुनेछ ।