काठमाडौं – पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् ।