काठमाडौं-  मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष विश्वव्यापी प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ (Great Place to Work) प्रमाणपत्रबाट सम्मानित भएको छ। कर्मचारी अनुभव र संस्थागत कार्यसंस्कृतिको मूल्याङ्कनका आधारमा प्रदान गरिने यो प्रमाणपत्रले मेटलाइफ नेपाललाई पुनः उत्कृष्ट रोजगारदाताका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार यो मान्यता पूर्ण रूपमा कर्मचारीहरूले गोप्य रूपमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित हुन्छ। यस वर्ष ७८ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल रहेको बताएका छन्। उनीहरूले कम्पनीको नेतृत्व, पारदर्शिता, सम्मानजनक व्यवहार, अवसरको समानता तथा समावेशी कार्य वातावरणप्रति उच्च विश्वास व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


‘ग्रेट प्लेस टु वर्क’ विश्वभरका संस्थाहरूको कार्यसंस्कृति, नेतृत्व क्षमता, कर्मचारी सन्तुष्टि, नवप्रवर्तन र संगठनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय संस्था हो। यसले प्रत्येक वर्ष हजारौं कम्पनीहरूको अध्ययन गरी उत्कृष्ट कार्यस्थललाई प्रमाणित गर्दै आएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले लगातार दोस्रो वर्ष यो मान्यता प्राप्त गर्नु कम्पनीका लागि ठूलो उपलब्धि भएको बताए। उनले कर्मचारीको विश्वास, समर्पण र सहकार्यकै कारण यस्तो सफलता सम्भव भएको उल्लेख गर्दै भविष्यमा पनि सबै कर्मचारीले सम्मानित, सुरक्षित र आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सक्ने कार्य वातावरण निर्माणलाई प्राथमिकतामा राखिने बताए।

उनका अनुसार पछिल्लो एक वर्षमा कम्पनीले आधुनिक प्रविधियुक्त कार्यालय सञ्चालनमा ल्याएको, कर्मचारी कल्याण तथा स्वयंसेवा कार्यक्रमलाई विस्तार गरेको र कर्मचारी अनुभवलाई थप प्रभावकारी बनाउन विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरेको छ। यस्ता प्रयासले कर्मचारीको मनोबल बढाउन र संस्थाप्रतिको अपनत्व बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ।

सर्वेक्षणअनुसार ७९ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थलका रूपमा मूल्याङ्कन गरेका छन् भने ७६ प्रतिशतले कम्पनीलाई शारीरिक रूपमा सुरक्षित कार्यस्थल मानेका छन्। त्यस्तै ८३ प्रतिशत कर्मचारीले मेटलाइफमा काम गर्न पाउँदा तथा कम्पनीले समाजमा पुर्‍याएको योगदानप्रति गर्व महसुस गर्ने बताएका छन्।

‘ग्रेट प्लेस टु वर्क’को अध्ययनले प्रमाणित संस्थाहरूमा कर्मचारीको नेतृत्वप्रतिको विश्वास, कार्यप्रतिको उत्साह, नवप्रवर्तनमा सहभागिता तथा संस्थामा दीर्घकालीन रूपमा आबद्ध रहने सम्भावना उल्लेखनीय रूपमा बढी हुने देखाएको छ। यस्ता संस्थामा प्रतिभाशाली जनशक्ति आकर्षित गर्न र टिकाइराख्न पनि सहज हुने अध्ययनले औंल्याएको छ।

MetLife, Inc. सन् १८६८ मा स्थापना भएको विश्वकै अग्रणी वित्तीय सेवा तथा जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले अमेरिका, एसिया, युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वसहित ४० भन्दा बढी बजारमा बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ।

नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।