काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।


ADVERTISEMENT


सोमबार ललितपुरमा विपद् जोखिम न्यूनीकरण चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगाएतका बिपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उहाले बताए । उनले विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको धारणा राखे ।

अर्यालले बिपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचक यन्त्र विस्तार गरिएको, समूदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिबृद्धि कार्यक्रम चलाइएको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले समूदायलाई बलियो बनाउन सके बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए । धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुुरु भइसकेको जानकारी दिदै उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए ।

भट्टले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केहि सहज भएको उल्लेख गर्दै अवस्था स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।