बीबीसी – चीनका राष्ट्रपति शी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच वुहानमा शुक्रबार अनौपचारिक वार्ता हुन गइरहेको छ । प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच हुने अनौपचारिक वार्ताले दुवै देशबीच सम्बन्धमा सुधारलाई दर्शाउँछ ।


ADVERTISEMENT


गत वर्ष भारत र चीनले पछिल्लो तीन दशकका दौरान आ–आफ्नो सबैभन्दा गम्भीर सीमा संकटको सामना गरेका थिए । भारत र चीन दुवैले आ–आफ्नो सेना भूटानको डोकलाममा आमुन्ने–सामुन्ने उभ्याएपछि त्यो बेला चीनको सरकारी सञ्चारमाध्यम झण्डै–झण्डै हरेक दिन युद्धको खतरा रहेको बताउने गर्दथ्यो ।


ADVERTISEMENT

# # #


तनावग्रस्त समयको सामना गरेका दुबै मुलुकका प्रमुखहरुबीच आठ महिनापछि अनौपचारिक बैठक हुने कसैले कल्पनासम्म गरेका थिएनन् । तर चीनको वुहान सहरमा मोदी र जिनपिङबीच भेटवार्ता हुन गइरहेको छ ।

अचानक तय भएको होइन बैठक
यो बैठकको आयोजना अचानक भने भएको होइन । अगस्टमा सीमा विवाद मत्थर भएपछि रूस, ब्राजील र दक्षिण अफ्रीकाका साथ सेप्टेम्बरमा भएको ब्रिक्स सम्मेलनका दौरान मोदी र जिनपिङको भेट भएको थियो ।

त्यसपछि भारतका विदेश सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेश मन्त्री र रक्षा मन्त्री एक एक गरेर चीनको उच्चस्तरीय भ्रमणमा गएका थिए ।

उनीहरुले आ–आफ्नो भ्रमणका दौरान दुबै मुलुकबीच फेरि मित्रताको प्रयास गरेका थिए । फेब्रुअरीमा भारत सरकारले एक निजी पत्र पठाएको थियो । उक्त पत्रमा भारतीय अधिकारीहरुलाई तिब्बतबाट दलाई लामाको निर्वासनका ६० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी नहुन आदेश दिइएको उल्लेख थियो ।

मोदीले दिए जिनपिङलाई बधाई
चीन दलाई लामालाई अलगाववादी मान्दै विदेशी नेताहरुलाई उनीसँग दूरी बनाई राख्न सल्लाह दिँदै लामालाई अलग–थलग गर्ने प्रयास गर्दै आएको छ ।

मार्चमा मोदीले जिनपिङ दोस्रो पटक राष्ट्रपति बनेपछि बधाई दिँदै आफूलाई जिनपिङले पूरै देशको समर्थन हासिल गरेको आभाष भएको उल्लेख गरेका थिए ।

हालै चीनले यसको सकारात्मक जवाफ पनि दिएको छ । चीनले आफ्नो मुलुकबाट भारत बग्ने नदीहरुमा ‘हाइड्रोलोजिकल डेटा’ पुनः भारतसँग साझा गर्न शुरु गर्ने बताउँदै संयुक्त सैन्य अभ्यासका लागि संकेत गरेको छ । चीनले गत वर्ष भारतसँगको तनावका दौरान यी दुबै गतिविधिहरु रोक्का गरिदिएको थियो ।