काठमाडौं– सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अकंले बढेर २५६५.१६ बिन्दुमा बन्द भएको छ ।


ADVERTISEMENT


मंगलबार नेप्से सूचक बढेपनि कारोबार रकम पनि घटेको छ । आज कारोबारमा आएका २५४ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।


ADVERTISEMENT

# # #


आज ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घठेको छ ।

मंगलबार १४२ कम्पनीको बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको स्थिर रहेको देखिन्छ ।