काठमाडौँ– बुधबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १३५६.१५ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक सँगै कारोबार रकममा पनि ओरालो लागेको छ ।


ADVERTISEMENT


१६० कम्पनी सामेल आजको कारोबारमा ३४ करोड रुपैयाँको कारोबार भएको छ । आज अन्य समुह बाहेक सबै समुहमा गिरावट आएको छ । बिमा समुह १८.६९ अंकले घटेको छ । होटल समुह १२.१ अंकले घट्दा विकास बैंक समूहतर्फ ८.०७ अंकले घटेको छ । जलविद्युत समुहमा ६.२ अंकको गिरावट आएको छ ।


ADVERTISEMENT

# # #


बजार घट्दा फरवार्ड कम्यूनिटिको सबैभन्दा बढी २ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यता एनएमबी बैंकको १ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

बुटवल पावर कम्पनीको १ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।