काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा बालुवाटारमा सर्वपक्षीय छलफल सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सुरु भएको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र पुष्पा भषाल, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल तथा महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र सोबिता गौतम सहभागी रहेका छन् ।
यस्तै नेपाल सरकारका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी छन् । बैठकमा असन्न प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।





























































