इटहरी – नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी परिसरमा नव निर्मित ४ कोठे भवन निर्माण सम्पन्न पश्चात ट्राफिक प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


कार्यालय परिसरमा आयोजित कार्यक्रममा इटहरी उप – महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा नव निर्मित भवन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले नव निर्मित भवनले ट्राफिक प्रहरीको कार्यसम्पादन थप सहज र प्रभावकारी हुने र सेवाग्राहीलाई अझ छिटो छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।