काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्य तस्कर विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न। जिल्लाको कमान्ड सम्हालेदेखि नै तस्कर विरुद्ध खरो रुपमा उत्रिएका हुन्।
कपिलवस्तु प्रहरीले दैनिक जसो नै अवैध सामानहरू पक्राउ गर्दै आएको छ। नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी आचार्यले कडा निगरानी बढाएका छन् ।
एसपी आचार्यले मातहतका सबै प्रमुखहरुलाई तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न । तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि नेपाल प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै आएको छ ।
कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ, उनले भने ।



























































