काठमाडौँ – काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका लगायतका निकायका दमकल पुगेका छन् र सुरक्षाकर्मी लगायतद्वारा आगो निभाउने क्रम जारी छ ।
यसैबीच आगलागीको धुवाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको छ ।































































