काठमाडौं – नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनासम्मको अवधिमा ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए ।
कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा, आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १३.६० प्रतिशतले बृद्धि गर्दै २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।



























































