काठमाडौं – नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य पुरूषोत्तम ठकुरीलाई मकवानपुरमा काँग्रेस जिताउने जिम्मेवारी दिईएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काँग्रेसका उम्मेदवारहरूलाई जिताउन ठकुरीलाई मकवानपुर जिल्लाका लागि समन्वय संयोजकको जिम्मेवारी दिइएको हो।


ADVERTISEMENT


ठकुरी लामो समय देखि नेपाली काँग्रेसको राजनीति र समाजसेवामा भूमिका निर्वाह गर्दै आईरहेका छन । बागमती प्रदेश निर्वाचन प्रचारप्रसार समितिको सदस्यसमेत रहेका ठकुरीलाई केन्द्रीय प्रतिनिधि, जिल्ला तथा क्षेत्रीय सभापति र सम्बन्धित निर्वाचन प्रचारप्रसार समितिहरूसँग समन्वय गरी काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउने महत्वपूर्ण दायित्व दिइएको पार्टीले जनाएको छ।


ADVERTISEMENT

# # #


जिम्मेवारी प्रदान गर्दै पार्टी नेतृत्वले नेपाली काँग्रेसको विधान, नियमावली, आदर्श, मूल्य र मान्यताअनुसार कार्य गर्नेमा विश्वास व्यक्त गरेको छ। जिम्मेवारीपछि प्रतिक्रिया दिँदै ठकुरीले मकवानपुरमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने संकल्पका साथ संगठनलाई थप मजबुत बनाउँदै जनताको विश्वास जित्न सक्रिय रूपमा लाग्ने बताएका छन्।