काठमाडौँ – आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन पुरुषोत्तम ठकुरीलाई समन्वय संयोजक बनाइएको छ ।
बागमती प्रदेश निर्वाचन प्रचारप्रसार समितिका संयोजक तिलक प्रसाद रुवालीले ठकुरीलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । ठकुरीले जिल्लामा रही केन्द्रीय प्रतिनिधि, जिल्ला र क्षेत्रीय सभापति, सम्बन्धित जिल्ला र क्षेत्रमा गठित निर्वाचन प्रचारप्रसार समितिसँग सम्पर्क एवं समन्वय गरी नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन भूमिका निर्वाह गर्ने रुवालीले अपेक्षा गरेका छन् ।
ठकुरी लामो समय देखि नेपाली काँग्रेसको राजनीति र समाजसेवामा भूमिका निर्वाह गर्दै आईरहेका छन ।



























































