काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुगेका हुन् ।
चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगायत शुभेच्छुकहरुले स्वागत गरेका थिए । चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार समेत रहेका लामिछानेले मतदाताहरुसंग अन्तक्र्रियाका साथै घरदैलो गर्ने तयारी गरेका छन् ।
रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नंवर १ मा हरि ढकाल, क्षेत्र नंवर २ मा लामिछाने, ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ ।



























































