काठमाडौँ– सरकारले देशको वैदेशिक नीति राष्ट्रिय हित संरक्षण र प्रवद्र्धनमा केन्द्रित रहने स्पष्ट गरेको छ ।


ADVERTISEMENT


संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वैदेशिक नीति पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व एवं राष्ट्रिय हित र न्यायमा आधारित हुने बताइन् ।


ADVERTISEMENT

# # #


विदेशस्थित नेपाली नियोगलाई राष्ट्रिय हित, पर्यटन विकास, निर्यात र लगानी प्रवद्र्धनका लागि क्रियाशील तुल्याइने बताउँदै उनले सरकारले विश्वका विभिन्न देशमा रहेका नेपाली नियोगको आवश्यकता, औचित्य र प्रभावकारिताको पुनरवलोकन पनि गर्ने जानकारी दिइन् ।

संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाइने तथा संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यको हैसियतमा नेपालले प्रभावकारी, निष्पक्ष र रचनात्मक भूमिका निर्वाह गरी मानवाधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याइने सरकारको परराष्ट्र नीति छ ।

यी पनि पढ्नुस् : 

– तीन वर्षभित्र धरहरा, काष्ठमाण्डप र रानी पोखरीको पुर्ननिर्माण सम्पन्न गरिने

– विदेश जाने बाध्यता अन्त्यका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरिने

– सबै नेपालीको बैँक खाता र स्वास्थ्य वीमा, सबै क्षेत्रको भुक्तानी बैँकबाटै

– सरकारको नीति तथा कार्यक्रम: १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन

– १० वर्षभित्र मध्यमस्तरको आय भएको देशमा स्तरोन्नति गरिने