काठमाडौं – नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


चैत्र ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई आजको अवस्थामा पुर्‍याउन योगदान दिने सम्पूर्ण संचालक पदाधिकारी, कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, शेयरधनी तथा नेपाल बीमा प्राधिकरण लगायत नियामक निकायहरूप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना व्यक्त गरे।

उनले आगामी दिनमा नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सेवाको गुणस्तर थप सुदृढ बनाउने र ग्राहककेन्द्रित योजना ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे।