काठमाडौँ– दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले रु पाँच लाख सहयोग गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सो सहयोग गरेको हो । गत पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीकोे पाखुरा, ढाड र पेट जलेको थियो ।
जलेको एक वर्षपछि उपचारका लागि सहमत भएपछि उनलाई राजधानीमा ल्याई उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाह्र वर्षको एक पटक राउटेको महाकुलपूजा पर्छ ।


ADVERTISEMENT

# # #