काठमाडौँ – गत मंसिर १ देखि २७ गतेसम्म काठमाडौँमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आम्दानी सार्वजनिक भएको छ । एनपीएलको सञ्चालक नेपाल क्रिकेट संघ (क्यान)ले उक्त विवरण सार्वजनिक गर्दै केन्द्रीय कार्यसमितिको बैठकबाट पारित समेत गराएको हो ।


ADVERTISEMENT


सार्वजनिक विवरण अनुसार दोस्रो संस्करणमा एनपीएलबाट क्यानले कूल ४७ करोड ३६ लाख ५५६ रुपैयाँ आम्दानी गरेको छ । यस्तै प्रतियोगिता सञ्चालनमा लागि २१ करोड ९६ लाख ५ हजार १२३.९१ रुपैयाँ खर्च भएको क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


खर्च कटाएर एनपीएल दोस्रो संस्करणको खुद नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५.१५ रुपैयाँ रहेको आर्जन भएको छ । नाफाको ५० प्रतिशत रकम एनपीएलका ८ फ्रेन्चाइज्ड टोलीबीच बाँडफाँड गर्ने सम्झौता छ ।

सोही अनुसार क्यानले ८ टोलीलाई १६ करोड १८ लाख ७१ हजार ५१० रुपैयाँ वितरण गरेको छ । यसरी प्रत्येक फ्रेन्चाइज्डले जनही २ करोड २ लाख ३४ हजार १८७.५१ रुपैयाँ प्राप्त गरेका छन् ।

फ्रेन्चाइज्डलाई वितरण गरेर बचेको ५० प्रतिशत क्यानको खुद नाफा हो । जस अनुसार क्यानले एनपीएल दोस्रो संस्करणबाट ९ करोड २१ लाख २१ हजार ९३५.०५ रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै क्यानको केन्द्रीय कार्यसमिति बैठकले आईसीसीबाट प्राप्त हुने बजेटबाट ५ लाख अमेरिकी डलर महिला क्रिकेटको विकासका लागि खर्च गर्ने समेत निर्णय गरेको छ ।

अन्य निर्णय तल हेर्नुहोस् ।