काठमाडौँ – गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि सहीदहरुको सम्झनामा सहीद परिवार, घाइते परिवार लगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए ।
दीप प्रज्वलनमा गृहमन्त्री सुधन गुरुङको पनि उपस्थीति रहेको थियो । गृहमन्त्री गुरुङले दीप प्रज्वलन गर्दै सहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


























































