काठमाडौं – बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा झरेको छ।


ADVERTISEMENT


नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको ४२ हजार १७६ पटकको कारोबारमा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँबराबरको ५६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


ADVERTISEMENT

# # #


आज ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार र उत्पादनबाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार १.५० तथा उत्पादन ०.४७ प्रतिशत बढे ।

बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१, अन्य ०.३० प्रतिशत घटे ।

एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशत बढ्यो । दोस्रोमा रहेको एसवाई प्यानलको ४.६२ प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको मूल्य ११.१७ प्रतिशत घट्यो । झापा इनर्जीको ९.४३, रिजलाइन इनर्जीको ४.८७ प्रतिशत घट्यो ।