काठमाडौं –प्रधानमन्त्री बालेन्द्र शाहको नियत तथा गैरजिम्मेवार प्रवृत्तिविरुद्ध भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
बुधबार माइतीघर मण्डलामा विभिन्न पम्प्लेटसहित प्रदर्शनकारीहरूले ‘अब त बोल बालेन’ तथा ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति संवेदनशील नभएको आरोप लगाउँदै प्रधानमन्त्रीले जनताका सवालमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।


























































