काठमाडौं– अर्थमन्त्री यूवराज खतिवडाले स्वास्थ्य क्षेत्रको विकासका लागि ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।


ADVERTISEMENT


आज २०७५–७६ को बजेट भाषण गर्दे उनले ५६ अर्ब बजेट विनियोजन गरेका हुन् । उनले प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको बताँउदै १२ सय वडामा स्वास्थ्य केन्द्र निर्माणका लागि ४ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले स्वास्थ्य विमा देशभर बिस्तार गर्ने, गर्भवतीलाई यातायात खर्च दोब्बर गरेको, सिकलसेल रोगको अनुगमन गर्ने, प्रत्येक स्थानीय निकायका एक चिकित्सक उपलब्ध गराँउने, अस्पतालमा जेष्ठ नागपरिक वार्ड राखिने, घुम्ति अस्पताल सञ्चालन गरिने उल्लेख गरेका छन् । यस्तै आर्युवेदिक विश्वबिद्यालय सञ्चालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको बताएका छन् ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

-आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट