काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइंदै आएको बृद्धभत्ता वृद्धि गरेन । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै बृद्धभत्ता वृद्धि नगरी ७० वर्षमाथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा गरिने जानकारी दिए ।


ADVERTISEMENT


सरकारले सन्तानले आफ्ना अभिभावकलाई अनिवार्यरुपमा हेरचाह गर्ने कानुनी व्यववस्था गर्ने भएको छ। दोहोरो सामाजिक सुरक्षा भत्तामा भने रोक लगाइएको छ।


ADVERTISEMENT

# # #


कम्युनिस्ट गठबन्धनले चुनावमा जारी गरेको घोषणापत्रमा बृद्धभत्ता ५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको थियो ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

-आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट