काठमाडौं- विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राख्नुभएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा बिपक्षी सांसदहरुले सांसदहरुले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले बजेटले कुनै ध्यान नदिएको टिप्पणी गरेका थिए भने सत्तापक्ष सांसदहरुले आर्थिक रुपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए ।
सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदै अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तारलाई बजेटले प्राथमिकतामा राखेको भए पनि गरिब र कमजोर वर्गलाई नछाडेको बताएका छन्। बजेटले सवै क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उहाले सुनेको भरमा नभइ विनियोजन विधेयक बढेर टिप्पणी गर्न आग्रह गरेका छन् ।
सरकारले यसपटक ऋणमा नभइ राजस्वमा महत्वाकांक्षी लक्ष्य राखेको उनले बताएका छन् । उनले अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाउनका लागि गरिएको पहलका कारण केहि आचोलना भएपछि त्यसपछि समग्रमा मुलुकको नै हित हुने धारणा राखेका छन् ।


























































