काठमाडौं – प्रतिनिधिसभाको बैठकमा आज पनि प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन् । बैठकमा प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन फेरी माग गरे ।
नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
नेपालले भारतको भूमि मिचेको छ भन्ने विषय उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे संसद्मा चर्चा गर्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताएका हुन्।
सांसद हमालले प्रधानमन्त्रीको अभिव्यक्ति निरन्तर आइरहेको उल्लेख गर्दै केवल विरोध जनाएर मात्र नहुने र त्यसपछि पुनः उही शैली दोहोरिने अवस्था अन्त्य हुनुपर्ने बताए।
उनले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै हाल उठिरहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुरा भएको छ कि छैन भन्नेबारे स्पष्ट जानकारी दिन आग्रह गरे।



























































