झापा- नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विश्वप्रकाश शर्मा बीच झापामा ‘वान टु वान’ वार्ता भएको छ।


ADVERTISEMENT


नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व.याम भण्डारीको निधनको चौथो दिन धुलाबारीस्थित भण्डारी निवासमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न पुगेका नेताद्वयबीच छुट्टै कोठामा एकान्त वार्ता भएको हो।


ADVERTISEMENT

# # #


कांग्रेस सचिव कृष्ण हुँमागाईका अनुसार भण्डारी निवासमै सिटौला र शर्माबीच छुट्टै कोठामा छलफल भएको भए पनि उनीहरूबीच के विषयमा कुरा भयो भन्नेबारे जानकारी नभएको बताए।

तर उपसभापति शर्माले पार्टीभित्र एकता कायम गर्न अग्रज नेताहरूले पनि भूमिका खेल्नुपर्ने धारणा राखेको उनले जानकारी दिए।

सिटौलासँगै पूर्व केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला उपसभापति केशवराज पाण्डे, सचिव हुँमागाई, बिर्तामोड नगरसभापति भोजराज सिटौला, तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती र नेविसंघ झापाका सभापति सञ्जय निरौला समेत भण्डारी निवास पुगेका छन्।