काठमाडौं – ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ ।
बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।


ADVERTISEMENT


त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री रावलले अहिले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीबाट असुल गरेर फिर्ता गरिरहेको बताएकी छिन् ।


ADVERTISEMENT

# # #


यद्दपी राज्य अभिभावक भएकाले आगामी दिनमा बचककर्ताको समस्यमा समाधान गर्न पछि नहट्ने उनले बताईन् । मन्त्री रावलले विधेयकमाथि आएका सुझावहरुलाई आगामी दिनमा सरकारले सम्बोधन गर्दै लैजाने उल्लेख गरेकी छिन् । सहकारी क्षेत्रमा देखिएका नीतिगत बिषयहरुलाई सुधारका लागि सरकारले उक्त विधेयक ल्याएको उनको भनाइ छ ।

त्यसअघि संशोधनकर्ता सांसदहरुले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई दर्ता गरेको स्थानमा मात्रै काम गर्न पाउने र नियमनलाई कडाई गर्नुपर्ने धारणा राखेका छन् ।