काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी हुन् ।
उनले प्रधानमन्त्रीले संसद्लाई भन्दा आफ्नो दलको चितवन महाधिवेशनलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राकिन । राष्ट्रिय सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेको भन्दै उहाले उक्त मौनतालाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिए ।
साथै सांसद ओलीले प्रधानमन्त्रीले आफ्नो सो अभिव्यक्तिका लागि सार्वजनिक रूपमा नै सच्चाउनुपर्ने बताइन ।
त्यस्तै राष्ट्रिय हित विरुद्ध प्रश्न उठाउने खालका विवादास्पद अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाउन प्रधानमन्त्री आफैँले पहल गर्नुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सम्पूर्ण नेपाली जनताका सामु यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा समेत बताइन् ।



























































