काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छिन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा आफ्नो सय दिनको कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जनतालाई मल सहज रूपमा उपलब्ध गराउनका लागि मन्त्रालयले सबैभन्दा बढी समय मल क्षेत्रमा खर्चिरहेको र यसका लागि एउटा डेडिकेटेड टोली खटिएको बताउनुभएको हो । उहाले केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय सरकारले वितरणको काम गर्ने गरी समन्वय भइरहेको जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


मलको कालोबजारी रोक्न क्युआर कोड र छुट्टै टोली परिचालन गरिएको भन्दै मन्त्री चौधरीाले गुल्मी र कपिलवस्तुलगायतका ठाउँमा जनताको सूचनाका आधारमा छापा मारी मल बरामद समेत गरिएका बताउदै खसीको मासुको मूल्य बृद्धिका बारेमा मन्त्रालयले अनुगमन गरिरहेको धाराण राखेकी छिन् ।

मन्त्री चौधरीले युवाहरूलाई परम्परागत अनुदान दिनुको सट्टा उनीहरूका नवप्रवर्तनकारी योजनामा काम गर्न सहज गर्न ’स्टार्टअप’ कार्यक्रम ल्याइएको बताएकी छिन् । यसपटक युवा स्टार्टअपका लागि विशेष गरी ४० करोड रुपैयाँ छुट्याइएको र यसले देशैभरिका युवाहरूलाई कृषि, वन र वातावरण क्षेत्रमा आधुनिक काम गर्न प्रोत्साहित गर्ने उनको भनाइ छ ।

मन्त्री चौधरीले सिँचाइ र कृषिलाईसँगै जोड्न ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सहकार्य गरिएको जानकारी दिनुभयो । आगामी दिनमा खेतहरू बाँझो रहन नदिने नीति अनुरूप ’ल्यान्ड पुलिङ सिस्टम’ लाई अगाडि बढाइने उनको भनाइ छ । त्यस्तै उनले चुरे जोगाउनका लागि विभिन्न पोखरी निर्माण र बाँसको करिडोर बनाउने जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताएकी छिन् ।