काठमाडौं – एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘अनुभव एआईः आत्मीय बुद्धिमत्ता’ (Experience AI: Affectionate Intelligence) प्रदर्शनीमार्फत सन् २०२६ का कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ घरायसी उत्पादनहरूको श्रृंखला सार्वजनिक गरेको छ।


ADVERTISEMENT


कार्यक्रममा कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित टेलिभिजन, अडियो प्रणाली, वासिङ मेसिन, रेफ्रिजेरेटर तथा ‘एलजी थिनक्यू’ स्मार्ट होम समाधान प्रस्तुत गरिएको थियो। कम्पनीले यी उत्पादनहरूले प्रयोगकर्ताको बानी बुझ्ने, दैनिक आवश्यकता अनुमान गर्ने तथा घरायसी कामलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउने जनाएको छ।


ADVERTISEMENT

# # #


काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्ड स्टोरमा आयोजित कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक सुङ्घो चुनले प्रदर्शनीको उद्घाटन गरेको थियो। कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका प्रतिनिधि तथा ग्राहकहरूको सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै सुङ्घो चुनले प्रविधि आधुनिक मात्र नभई प्रयोगकर्ताको आवश्यकता बुझ्ने, व्यक्तिगत र उपयोगी हुनुपर्ने बताए। उनले ‘आत्मीय बुद्धिमत्ता’ अवधारणाले घरायसी जिम्मेवारी घटाएर परिवारलाई महत्वपूर्ण कामका लागि बढी समय उपलब्ध गराउने विश्वास व्यक्त गरे।

एलजीका अनुसार सन् २०२६ को नयाँ उत्पादन श्रृंखलामा कृत्रिम बुद्धिमत्तामा आधारित टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर तथा ‘थिनक्यू’ स्मार्ट होम प्रणाली प्रमुख आकर्षण हुन्। कृत्रिम बुद्धिमत्तायुक्त टेलिभिजनले प्रयोगकर्ताको रुचिअनुसार दृश्य र ध्वनि स्वतः मिलाउने, आवाजमार्फत सञ्चालन हुने तथा घरका अन्य स्मार्ट उपकरण नियन्त्रण गर्ने सुविधा प्रदान गर्छ।

त्यस्तै, कृत्रिम बुद्धिमत्तामा आधारित वासिङ मेसिनले कपडाको प्रकार पहिचान गरी उपयुक्त धुने र सुकाउने प्रक्रिया स्वतः छनोट गर्छ। यसले पानी, डिटर्जेन्ट र विद्युत्को प्रयोगलाई पनि आवश्यकताअनुसार व्यवस्थापन गर्ने कम्पनीको दाबी छ।

कृत्रिम बुद्धिमत्तायुक्त रेफ्रिजेरेटरले प्रयोगकर्ताको प्रयोगको ढाँचा विश्लेषण गरी तापक्रम स्वतः नियन्त्रण गर्ने, खाद्य सामग्री लामो समयसम्म ताजा राख्ने तथा ऊर्जा बचत गर्ने सुविधा प्रदान गर्छ। मोबाइलमा रहेको ‘एलजी थिनक्यू’ एपमार्फत ऊर्जा बचत मोड पनि सञ्चालन गर्न सकिन्छ। त्यसैगरी ‘एलजी थिनक्यू’ प्रणालीले घरका विभिन्न स्मार्ट उपकरणलाई एउटै प्लेटफर्ममा जोडेर प्रयोगकर्ताको बानीअनुसार व्यक्तिगत र सहज स्मार्ट घरको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

एलजीका सन् २०२६ का कृत्रिम बुद्धिमत्तायुक्त टेलिभिजन, अडियो प्रणाली, रेफ्रिजेरेटर, वासिङ मेसिनलगायत नयाँ उत्पादनहरू नेपालभर रहेका एलजीका आधिकारिक ब्रान्ड स्टोर तथा बिक्री केन्द्रमा प्रदर्शन र बिक्रीका लागि उपलब्ध रहेको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक हो। कम्पनीले चार दशकभन्दा लामो समयदेखि एलजीसँगको सहकार्यमार्फत नेपालमा एलजीलाई अग्रणी प्रिमियम उपभोक्ता विद्युतीय ब्रान्डका रूपमा स्थापित गर्दै आएको जनाएको छ।